• बुधबार ११-८-२०७५/Wednesday 02-20-2019/ 02:55 am

शेयर बजार ओरालो

काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार मापक नेप्से शिरसूचक ८ दशमलब २२ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा ओर्लेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १ दशमलब ७८ बिन्दुले २५० दशमलब ७५ बिन्दुमा कायम भएको छ । 

स्टकका अनुसार आज कूल १६० कम्पनीको ६ लाख तीन हजार १०२ कित्ता शेयर रु २२ करोड ६१ लाख ७२ हजार ९३ मूल्यमा खरीद–बिक्री भएको छ । आज उत्पादन उपसमूहको शेयर उकालो लाग्दा अरू उपसमूहका शेयर भने ओरालो लागेका छन् । उत्पादन उपसमूहको शेयर ११.१५ बिन्दुले बढ्दा बैङ्किङ ५.४२, होटल ५ दशमलब १७, विकास बैंक १३ दशमलब १२, जलविद्युत् २३ दशमलब ६३, वित्त २ दशमलब ६९, निर्जीवन बीमा ५९ दशमलब ७४, अन्य ४ दशमलब ६८, माइक्रोफाइनान्स ११ दशमलब ६९र जीवन बीमा ७५ दशमलब २ बिन्दुले घटेको छ । 

आज वल्र्ड मर्चेन्ट बैङ्किङ एण्ड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् भने सिन्धु विकास बैङ्क र राष्ट्रिय बीमा कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् । – रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विश्वकै ठूलो बैंकको गत वर्षको नाफा २० अर्ब डलर

  • ७ फाल्गुण, २०७५

हङकङ । विश्वमै ठूलो बैंक मानिएको एचएसबीसीको सन् २०१८ को नाफामा १६ प्रतिशतले वृद्धि भई करिब २० अर्ब डलर पुगेको छ । बैंकद्वारा मङ्गलबार जारी वक्तव्यमा

शेयर बजार : आज दोहोरो अंकले बृद्धि

  • ७ फाल्गुण, २०७५

काठमाडौं । लगातार ओरालो लाग्दै आएको शेयर बजारमा आज भने दोहोरो अङ्कले वृद्धि भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २२

शिवम सिमेन्टको आइपीओमा एक दिनमै १८ करोडको आवेदन

  • ७ फाल्गुण, २०७५

काठमाडौं । शिभम् सिमेन्टले निष्काशन गरेको साधारण सेयरमा पहिलो दिनमा नै १८ करोड रुपैयाँको आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक