प्रदेश ५ मा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरिने

बुटवल । प्रदेश ५ सरकारले प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गर्ने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको बजेट कार्यान्वयन सहज बनाउन प्रदेशका सबै जिल्ला समेट्ने गरी कार्यालय स्थापना गर्न लागिएको हो । 

प्रदेशमा १२ वटा जिल्ला छन् । एउटा कार्यालयले दुईवटा जिल्ला हेर्ने गरी कार्यालय स्थापना गर्न लागिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले ती कार्यालय स्थापना गर्न स्वीकृत प्रदान गरेको छ ।

सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा विकासमन्त्री वैजनाथ चौधरीका अनुसार रुपन्देही, पाल्पा, बाके, कपिलवस्तु, रोल्पा र दाङमा कार्यालय रहने भएको छ । रूपन्देहीले नवलपरासी जिल्ला हेर्ने गरी कार्यालय तय गरिएको छ । पाल्पाले गुल्मी, बाँकेले बर्दिया, कपिलवस्तुले अर्घाखाँची, रोल्पाले प्युठान, दाङले रुकुम हेर्ने गरी कार्यालय रहने भएका छन् । यी कार्यालयका लागि २४ जना कर्मचारी खटाइने भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर