प्रदेश प्रमुख परियारलाई जनकपुरधाममा स्वागत

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुखमा नवनियुक्त तिलक परियारलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथग्रहण गरेका प्रदेश प्रमुख परियारलाई आज विमानस्थलमा भव्य स्वागत गरिएको हो  । 

प्रदेश प्रमुख परियारलाई स्वागत गर्नका लागि नेपाल सरकारका उपप्रधान एव स्वास्थ्य जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रमुख सचिव दीपक सुवेदी, प्रदेश सांसद, स्थानीय निकायका जनप्रतिनिधिसहित जनकपुर विमानस्थलमा पुगेका थिए ।

बिहान  साढे १० बजे विमान स्थलमा आइपुगेका प्रदेश प्रमुख परियारलाई फूलमाला लगाएर स्वागत गरिएको हो  । उनलाई स्वागत गर्नका लागि नेकपाका कार्यकर्ताहरुको बाक्लै उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर