• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

तपाईंको मोबाइल दर्ता छ ? छैन भने यसरी दर्ता गर्नुहोस्, नत्र बन्द होला 

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणलेले अवैध रूपमा नेपाल भित्रिएको मोबाइल बन्द गर्ने प्रक्रिया थालेको छ । दूरसञ्चार प्राधिकरणले विगत साढे तीन वर्षदेखि इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आएमइआई) नम्बर दर्ता गराउन थालेको छ । दूरसञ्चारमा दर्ता नभएको मोबाइल केही समयमै बन्द गर्ने भएकाले समयमा सचेत हुन आग्रह गरेको छ ।

मोबाइलको आएएमइआई नम्बर यसरी खोज्नुस्

आफ्नो मोबाइल नम्बर दर्ता गर्नुअघि तपाइलाई इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिटी (आइएमइआई) नम्बर नम्बरको जरुरी हुन्छ । आइएमइआई नम्बर पत्ता लगाउनका लागि तपाईंले *#06# टाइप गर्नुपर्नेछ । सो नम्बर टाइप गरेपछि तपाईंको मोबाइलमा आइएमइआई नम्बर देखाउनेछ ।

आइएमइआई नम्बर दर्ता भए या नभएको कसरी थाहा पाउने ?

दर्ता गराउनुपर्ने वा नपर्ने भन्ने थाहा पाउनका लागि तपाईंको मोबाइलको आइएमइआई नम्बर प्राधिकरणको सिस्टममा दर्ता भए/नभएको पत्ता लगाउन जरुरी छ । त्यसका लागि सुरुमा यो लिंकमा क्लिक गर्नुस् । यसमा ‘नो योर डिभाइस’ भन्ने अप्सन दिइएको छ । उक्त अप्सनमा गएर गएर तपाईंले आफ्नो मोबाइलको आइएमइआई नम्बर हाली दर्ता भए नभएको थाहा पाउन सक्नुहुन्छ ।

आइएमइआई नम्बर दर्ता गर्ने पक्रिया

यदि तपाईंको मोबाइलको आइएमइआई दर्ता भएको छैन भने त्यसलाई अनलाइनबाटै दर्ता गर्न सक्नुहुन्छ । व्यक्तिगत रुपमा आफ्नो मोबाइलको आइएमइआई नम्बर दर्ता गर्नका लागि यो लिंकमा गएर सुरुमा साइन अप गुर्नस् । साइन अप गर्नेबित्तिकै त्यहाँ ‘न्यु इम्पोटर’ र ‘इन्डिभिज्युयल एप्लिकेसन’ अप्सन देख्नुहुनेछ ।

इन्डिभिज्युयल एप्लिकेसनमा क्लिक गरी भित्र जानुपर्ने हुन्छ । त्यहाँ तपाईंलाई एउटा फाराम प्राप्त हुनेछ । उक्त फाराममा आवश्यक जानकारी भर्नुस् । साथै सरकारबाट उपलब्ध गराइएको कुनै पनि एउटा आधिकारिक परिचयपत्र स्क्यान कपी पनि बुझाउनुस् । यति भएपछि उपलब्ध जानकारीका आधारमा प्राधिकरणले अध्ययन गरी दर्ता हुने प्राधिकरणले जनाएको छ ।

आयातकर्ताको हकमा प्राधिकरणले युजर आइडी र पासवर्ड उपलब्ध गराएको हुन्छ । सोही युजर आइडी र पासवर्ड लिएर आयातकर्ताले यो लिंकमा गएर लगइन गर्न सक्छन् । त्यहाँ टाइप अप्रुभल लिनेदेखि आइएमइआई नम्बर अपलोड गर्न सकिनेसम्मको सुविधा दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर