• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

अत्याचारी हो भारत

नक्सा बनाई भ्रमजालको
दुष्टता देखाइस् भारत ।
नंग्राले कोतरी पवित्र भूमिको
पारिसकिस् आहत ।। 

गाड्छन् चक्षु नदीनालाहरूमा
आसक्ति दिनरात ।
तेरा जन यता खदेडीकन
पार्दैछस् भीड खात ।।

लिपुलेक, सुस्ता निचोरिस् तैंले
नराखी कुनै दया ।
दशगजा चेपी ल्याइस् खुब गरी
देखाइस् दैत्य छाया ।।

बिजुली ऊर्जामा हैकम तेरो
विकास अलपत्र छ ।
व्यापारिक हस्तक्षेप अति छ तेरो
घाटा यत्रतत्र छ ।।

रोइरहेछन् सीमाका जनहरू
तेरो संगीनले घोची ।
क्रोधको लवज बोलिरहेछन्
शैतान आयो सोची ।।

सागरमाथा, बुद्ध, सीता हर्ने
नियत तेरो खोटो छ ।
कालापानी जग हाली बस्ने तेरो
बिस्तारवादी सोच छ ।।

ब्युँझिसके नेपाली जन अब
चल्दैन दादागिरी ।
भाँच्न नंग्रा तेरा तयार भई
उद्याउँदै छन् खुकुरी ।।

सहिन्न हैकम तेरो धेर अब
झिकिहाल् लोभी हात ।
भन्नेछौं दुनियाँलाईअब हामी
अत्याचारी हो भारत ।।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर