• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कर्णाली प्रदेश अस्पतालका कर्मचारीले प्रोत्साहन भत्ता पाउने 

सुर्खेत । कर्णाली प्रदेशको प्रदेश अस्पतालले अस्पतालमा रहेका कर्मचारीहरुको लागी स्वागतयोग्य निर्णय गरेको छ । अस्पताल विकास समिति र अस्पताल प्रशाासनको संयुक्त बैठकले अस्पतालमा कार्यरत कर्मचारीहरुको लागि अस्पतालको मासिक आयस्राेतको १२ प्रतिशत रकम प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । 

अस्पतालका स्थायी कर्मचारी र अस्पताल विकास समितिका कर्मचारीका लागि प्रोत्साहन भत्ता दिने निर्णय भएको हो । यो निर्णयले स्थायी कर्मचारी र विकास समितिका कर्मचारीमा अहिले उत्साह छाएको छ । 

कर्णाली प्रदेश प्रायः डाक्टरहरुको लागी रोजाइमा पर्दैन । कर्णाली प्रदेश सरकारले डाक्टरलाई प्रोत्साहनस्वरूप कार्यक्रम ल्याउने जनाए पनि अहिलेसम्म कुनै कार्यक्रम नल्याएको अवस्थामा कर्णाली प्रदेश अस्पतालले बाहिरबाट आउने डाक्टर र अस्पतालमा कार्यरत कर्मचारीका लागि  सकारात्मक निर्णय गरेको अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले बताए । उनले भने, ‘बाहिरका डाक्टरहरु यहाँ आउनै मान्दैनन्, आएका डाक्टरहरू पनि यहाँ बस्न मान्दैनन् । त्यसैले हामीले अस्पतालक तर्फबाट यो निर्णय गरका हौं ।’ 

अस्पतालको आयस्रोतबाट नै अस्पताल विकास समितिले राखेका कर्मचारीहरुको हकमा पनि मासिक रूपमा पाउँदै आएको तलबको ३५ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको डाक्टर खड्काले जानकारी दिए । उनले भने, ‘पहिलेको तुलनामा अस्पतालको आम्दानी पनि बढेको छ । अस्पतालमा बिरामी चाप पनि बढ्न थालेको छ, त्यसैले अस्पतालको आम्दानीको स्रोत हेरेर हामीले यस्तो निर्णय गरेका हौं ।’ 

अस्पतालमा अहिले बिरामीको चाप निकै बढेको छ । प्रदेश अस्पतालको अहिले मासिक आम्दानी करिब ४ करोड बराबरमा हुने गरेको प्रदेश अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काले जानकारी दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर