अरिंगालको टोकाइबाट बालकको मृत्यु
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ सोल्मामा अरिंगालको टोकाइबाट तीनवर्षीया बालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान साढे ७ बजेको समयमा नेत्रबहादुर लिम्बूका छोरा तीनवर्षीय निक्सेन लिम्बूलाई आफ्नै बारीमा खेलिरहेको अवस्थामा आरिंगालले शरीरको विभिन्न भागमा टोकेर घाइते बनाएको थियो ।
अरिंगालको टोकाइबाट घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल तेह्रथुम ल्याइएकोमा उपचारका क्रममा दिउँसो २ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रतिकृया दिनुहोस