• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

लागूऔषधसहित एक युवा पक्राउ

झापा । झापामा लागूऔषधसहित एकजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरले लागुऔषधसहित बेलबारी–७ मोरङका २२ वर्षीय विशाल गुरुङलाई नियन्त्रणमा लिएको छ ।

शनिबार सबेरै ४ बजे मेची पुलबाट गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको साथबाट लुपी जेसिक ४९ एम्पुल, डाइजोपाम ४९ एम्पुल र हाइड्रम लोराइड ४९ थानगरी जम्मा १ सय ४७ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

पूर्वी नाकामा सुरक्षा व्यवस्था कडाइ भएपछि कारोबारीले भद्रपुर प्रयोग गर्न थालेको पाइएको छ । झापामा मोरङबाट समेत लागुऔषध गर्न आउने गरेको यस घटनाले पुष्टि गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर