कर्णालीमा कुपोषणको कहर : छोरालाई आमाको दुध, छोरी कुपोषण !

‘न संस्कार, न चेतना’

सुर्खेत । 
पात्र १
सुर्खेतको गुर्वाकोट नगरपालिका मेहेलकुना कि सुनिता वि.क.को विवाह गत पौषमा भयो । उमेरले १८ वर्ष पूरा गर्दा अगर्दै उनी विवाह गर्नपर्ने बाध्यतामा परिन् । अहिले उनी एक बच्चाको आमा बनिसकेकी छिन् । 

उनी हिजोआज चिन्तित छिन् । कारण– आफूले जन्माएको बच्चाको तौल १ किलो ७०० ग्राम मात्र छ । 

भर्खरै सुत्केरी भएर आएकी सुनिता राम्रोसंग बोल्न पनि सकिरहेकी छैनिन् । समाचार दैनिकसंग उनले भनिन्–‘ब्यथाले च्यापेर लामो रुप लियो । बच्चाको अवस्था कस्तो छ भन्ने कुरा मलाई नै थाहा छैन् ।’

सानैमा प्रेम विवाह गरेकी सुनिता आफूलाई आमा हुँदा के गर्नुपर्छ भन्ने केही थाहा नभएको गुनासो गर्छिन् । 

पात्र २
अर्की एकजना आमा आफ्नो छोरीलाई कुपोषण भएपछि अस्पताल पुगेकी थिइन् । सुर्खेत विरेन्द्रनग नगरपालिका ६ की तुलसरा सिङ छोरीलाई कुपोषण भएपछि अस्पताल पुगेकी थिइन् । 

सुनिता जस्तै उनको पनि विवाह १७ वर्षकै उमेरमा भयो । विवाहको एक वर्षमा अर्थात् १८ वर्षको उमेरमा उनको अर्को बच्चा जन्मियो । दुखदः बाल उमेरमा नै सन्तानको जन्म दिएकी तुलसराले आफ्नो बच्चालाई धर्ति देखाउन पाइनन् ।

७ महिनामा नै जन्मेको हुनाले आफ्नो पहिलो सन्तानलाई बचाउन नसकेको गुनासो उनले हामीसंग गरिन् । पछि उनले एक छोरा जन्माइन् ।

उक्त छोरा जन्मिएको एक वर्षपछि उनले अर्को एक छोरीलाई जन्म दिइन् । बिडम्बना, उनले एक वर्ष अघि जन्मिएको छोरालाई मात्र आफ्नो दुध खुवाइन् । छोरीले दुध खान नपाएपछि केही समयमा नै कुपोषण भयो र उनी अस्पताल आइपुगेकी हुन् ।

उनले भनिन्–‘यसले खाने दुध खाएर छोरा मोटाएको छ, यसलाई कुपोषण भयो ।’

पात्र ३
त्यस्तै, दैलेख पाथिकाडाकी सुन्तली शर्माको पीडा अझ फरक छ । १८ वर्षको उमेरमा विवाह गरेकी सुन्तलीले विवाहको १ वर्षमा नै पहिलो सन्तानलाई जन्म दिइन् । घरायसी काम बढी भएर आफूले बेलामा छोरीलाई दुध खुवाउन नसकेको कारण छोरीलाई कुपोषण भएको उनले बताइन् ।

‘मेरो उमेर नपुग्दै विवाह भयो । बच्चा जन्माउने बेलामा पनि धेरै पीडा भयो, गाउँमा गाई भैंसी पालेका छन् ।’ समाचार दैनिकसंगको कुराकानीको क्रममा उनले भनिन्–‘घाँस लिनका लागि धेरै टाढा जानपथ्र्यो । मैले समयमै छोरीलाई दुध खुवाउन नसकेपछि छोरीलाई कुपोषण भयो ।’ 

कर्णाली प्रदेश अस्पतालमा आउने यी सबै प्रतिनिधि पात्र मात्र हुन् । कर्णाली प्रदेशका पहाडी जिल्लामा अहिलेपनि कुपोषण हुने र उपचार नपाएर अकालमै ज्यान गुमाउनेको संख्या धेरै छ । 

चिकित्सक भन्छन् ः

अस्पतालका प्रमुख डाक्टर डम्बर खड्काका अनुसार उमेर नपुगि विवाह गर्नेको संख्या कर्णालीमा पछिल्लो समय निकै बढ्दो छ । ‘म आफैँले यो अस्पतालमा काम गरेदेखि यस्ता धेरै महिलाको डेलिभरि गराउने क्रममा अप्रेशन गरेको छु’ समाचार दैनिकसंग कुराकानी गर्दै उनले भने–‘जुन १९ बर्ष भन्दा मुनिका आमाहरु धेरै छन् ।’

डाक्टर खड्काका अनुसार आमा र बच्चाको जन्मान्तर पनि धेरै फरक देखिने गरेको छैन् । ‘धेरैजसो आमाहरुलाई जन्मान्तर कम्तिमा पनि ५ वर्षको फरकमा हुनुपर्दछ भनेर धेरै पटक भनेको छु । तर, यो ठाउँमा बाल विवाहले जरो गाडेको छ । यसलाई राज्यस्तरबाट कानुनी बाटो नपाएपनि यसले भविष्यमा ठूलो खतराको रुप लिनसक्छ ।’

त्यस्तै, अस्पतालकी अर्की डाक्टर अर्चना कार्की भने कर्णाली क्षेत्रमा सामान्य प्रामिक शिक्षाका लागि सरकारले ध्यान दिनपर्ने तर्क गर्छिन् । समाचार दैनिकसंग उनले भनिन्–‘म आफू एक डाक्टर मात्रै होईन म एक आमा पनि हो, त्यसैले अहिले गाँउ गाँउमा युवा युवतीहरुलाई छिटो विवाह गर्दा हुने बेफाइदाको बारेमा सरकारको तर्फबाट शिक्षा दिन जरुरि छ ।’

सरकारले षे अवस्थालाई न्यूनिकरण गर्नका लागि ध्यान नदिने हो भने भविष्यमा कुपोषणबाट धेरै समस्या झेल्नुपर्ने उनले बताइन् ।

कर्णाली : ‘न संस्कार, न चेतना’
कर्णाली प्रदेशको पहाडी भूभागमा अहिलेपनि बाल विवाह गर्नु हुँदैन, वाल विवाहले समस्या ल्याउँछ भन्ने न कुनै संस्कार छ न त चेतना नै ।  जसको कारण अपरिपक्क बच्चालाई आमा बाबा हुनुले यहाँको अधिकांश बालबालिकाहरु कुपोषणले ग्रसित छन् । 

कर्णाली प्रदेश अस्पतालको पोषण गृहमा उमेर नपुगेका १९ वर्ष मुनिका बच्चाको आमाहरु प्रायः आउने गरेका छन् । पोषण गृहको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७५ ÷०७६ मा मात्रै कुपोषणका १०३ जना बिरामी आएका थिए । पोषण गृहकी इन्चार्ज प्रभा सिंहका अनुसार कोही बिरामी पूरै समय जँचाएर जान्छन भने कोही काम देखाएर बिचमै भागेर जाने गरेका छन् । 

‘यो कुपोषण गृहमा आएका आमा र बालबालिहरुलाई हामीले विभाजन गरेर राख्ने गरेका छौं । अघिल्लो वर्ष शिघ्र कुपोषण भएका ६५ जना, र मध्यम कुपोषण भएका ३८ जना आएका थिए । कोहि पूर्ण रुपमा निको भएर गए भनें कोहि बिचमै भागेर गएका थिए’ समाचार दैनिकसंगको कुराकानीमा उनले भनिन् ।

याे पनि ः 

कर्णाली प्रदेशमा प्रहरीको कार्यक्रम : पुरोहितलाई प्रशिक्षण !

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर