• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 04:56 pm

सीमा विवादमा उपेन्द्र यादवले भने, 'कागले कान लग्यो भनेर नदौडिऔं'

सप्तरी । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सीमा विवादका बिषयमा नेपाल सरकारले कुटनीतिक पहलबाट समस्याको निकास दिनुपर्ने बताएका छन् । 

सप्तरीको राजविराजमा आइतबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले भने, 'नेपाली जग्गा भारतले अतिक्रमण गरेको सन्दर्भमा दुवै देशबीच कुटनीतिक रुपमा हल गर्न पहल हुनुपर्छ ।'

उनले कागले कान लग्यो भनेर दौडनु सरह नै अहिले यो विषय रहेको दावी गरे । उनले भने, 'समस्या के कसरी भएको हो भन्ने विषय यकिन गरेर दुवै देशको सम्वन्ध नविग्रने गरी कुटनीतिक पहल गरेर निकास निकाल्नु नै उचित हुन्छ ।'

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कारागारमा कैदीको मृत्यु

  • २२ असार, २०७७

तुलसीपुर । तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा कैद भुक्तान गरिरहेका कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं ४ निवासी ६९

खल्नागाउँमा पहिरो जाँदा २४ घर विस्थापित

  • २२ असार, २०७७

कालीकोट । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–५ खल्लागाउँका २४ घरधुरी पहिराको उच्च जोखिममा परेका छन् । निरन्तर पानी पर्न थालेपछि गाउँमाथिबाट

सार्वजनिक सवारीसाधन नचल्दा यात्रुलाई सास्ती

  • २२ असार, २०७७

काठमाडौँ । हरिसिद्धि बस्दै आएका महेश श्रेष्ठलाई हिजोआज मङ्गलबजारस्थित पसल आउन जान गाह्रो भएको छ । झण्डै पाँच किमी दूरीमा कहिले हिँडेरै त कहिले कसैले