राज्यमन्त्री रावलको राजिनामा स्वीकृत

कैलाली ।  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा मुख्यमन्त्रीले स्वीकृत गरेका छन् । आर्थिक अनियमितताको आरोप लागेपछि राज्यमन्त्री आइतबार राजीनामा दिएका थिए र उनको राजीनामा आजै स्वीकृत भएको हो ।  

राज्यमन्त्री रावलविरुद्ध आर्थिक अनियमितताको आरोप छ भने उनीबिरुद्ध परेको आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरेको छ । 

कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचन जितेका राज्यमन्त्री रावलविरुद्ध ठगी मुद्धासमेत रहेको छ । जनज्योति एजुकेसन फाउन्डेसनको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालतमा केही समय अघि मुद्दा दायर भएको थियो । 

रावल जनज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर