• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

साहित्यिक मञ्चबाट साहित्यकारलाई सम्झँदा...

जनकपुरधाम । जनकपुरधाममा आयोजित तिन दिवसीय नेपाल साहित्य उत्सवको अवसर पारेर आयोजित साहित्य सम्झनामा गरिएको बहसमा साहित्यकारहरुले नेपालमा नेपाली भाषा बाहेकको अस्तित्व स्वीकार गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् । 

देशमा संघियता आएपनि नेपाली भाषा मात्रै शासकिय रुपमा देखिएकोले अन्य भाषाको अस्तित्वको संरक्षण हुन नसकेकोमा साहित्यकारहरुले दुःख व्यक्त गरेका हुन् । 

साहित्य सम्झनामा शिर्षकमा मैथिली, नेपाली, भोजपुरी लगायतका अन्य भाषाका साहित्यकारहरुलाई उनीहरुले सम्झेका थिए । मैथिली र भोजपुरी साहित्यको उत्थानमा योगदान पुर्याएका तथा ओझेलमा पारिएका साहित्यकारहरुलाई सम्झना गर्नुका साथै यी दूबै भाषाको साहित्यिक अवस्थामाथि विचार विमर्श गरिएको थियो ।  

सेशनमा सहभागी साहित्यकारहरुले ती साहित्यकारहरुलाई उचित सम्मान दिन नसकिएको आरोप लगाए । उनीहरुले अहिले आफ्नो कुरो केन्द्रसम्म पुर्याउनका लागि नेपाली भाषाकै सहारा लिन परिरहेकोमा दुःख व्यक्त गरेका छन् ।   
मैथिली भाषाका साहित्यकार रोशन जनकपुरीले साहित्यकारहरुमा बौद्धिक चेतनाको अभाव रहेका कारण साहित्य क्षेत्र प्रगति पथमा अगाडी बढ्न नसकेको आरोप लगाए । राज्यको गलत नितिका कारण साहित्यकारहरु नेपाली भाषा साहित्यभन्दा अगाडी बढ्न नसकेका कारण नेपथ्यका साहित्यकारहरु प्रगति गर्न नसकेको बताए । 

देशमा संघियता आएपनि अन्य भाषाको विकासका लागि राज्यको तर्फबाट कुनै प्रकारको प्रयास गर्न नसकिएकोमा दुःख व्यक्त गरे । उनले भने‘सन्तुष्ट हुने अवस्था नरहेपनि संघियताका कारण परिवर्तनको अनुभूति गरिरहेको छु ।’ जनकपुरीले अगाडी भने ‘जनताको संघर्षका कारण देशमा संघियता आएपछि अन्य भाषीहरुपििन मैथिली बुझ्न खोज्नु सुखद पक्ष हो ।’

भोजपुरी भाषाका साहित्यकार गोपाल अस्कले साहित्यकारहरुले अन्य भाषाको सहअस्तित्व स्वीकार गर्नुपर्नेमा जोड दिए । अन्य भाषाको साहित्यिक अस्तित्वलाई स्वीकार गरे मात्रै नेपाली बाहेकका भाषा बाहेकका साहित्य समेत फस्टाउने बताए । अस्कले देशमा नेपाली भाषा बाहेकका भाषाले उचित स्थान त पाउन सकेका छैनन् त्यसमाथि प्रदेश दुईमा पनि मैथिली भाषाको मात्रै चर्चा गर्नु उचित नरहेको उनको भनाई थियो । उनले सिंगो मुलुकका साथै प्रदेशमा समेत भोजपुरी साहित्य समान व्यवहार खोजी रहेको बताए । 

नेपाली भाषामा कलम चलाउँदै आईरहेका मधेशी अनुहार अरुण कुमार राउतले नेपाली साहित्यकारहरु मैथिली साहित्यकारहरु पहाडको कुरो लेखोस चाहन्छन् तर आफै मैथिलीको कुरा लेख्न रुचाउँदैनन् यसमा आपत्ति व्यक्त गरे । 

यहाँ साहित्यमा चम्किनका लागि नेपाली भाषामै रचना गर्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो । सेशनको मोडरेटर जनकपुरका पत्रकार श्यामसुन्दर शशि रहेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर