• सोमबार ३-२२-२०७७/Monday 07-06-2020/ 05:47 pm

ओली सरकारका मन्त्रीहरू सामूहिक राजीनामा दिँदै, केही फेरिँदै केही दोहाेरिँदै

नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिने

फाइल तस्बिर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकारका रहेका सबै मन्त्रीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिने भएको छ । यसका लागि नेकपा सचिवालय बैठक सोमबार बिहान बालुवाटारमा बोलाइएको छ । नेकपा स्रोतका अनुसार बैठकले सबै मन्त्रीहरुहरुलाई राजीनामा दिन निर्देशन दिने र सरकार पुनर्गठन गर्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिने छ ।

यसअघि आइतबार यस बिषयमा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डबीच छलफल समेत भएको थियो ।  छलफलका क्रममा ओलीले  मन्त्रीमण्डल हेरफेर गर्नका लागि प्रचण्डसँग सहयोग मागेका थिए । प्रचण्ड र ओलीबीच यस बिषयमा दुई बिकल्पमा छलफल भएको थियो ।

पहिलो बिकल्पमा  प्रचण्डले सवै मन्त्रीहरुलाई राजीनामा दिन लगाउने र त्यसपछि केही नयाँ मन्त्री ल्याउने र केही राम्रा काम गरेका मन्त्रीहरुलाई दोहराउनुपर्ने सुझाव दिएका थिए । त्यस्तै दोश्रो बिकल्पका रुपमा अपेक्षित काम नगरेका मन्त्रीहरुलाई मात्र राजीनामा दिन निर्देशन दिने प्रचण्डको सुझाव छ । दुवै बिकल्पमा सचिवालय बैठकमा छलफल हुने र बैठकले भोली अथवा समय तोकेर केहि दिनपछि राजीनामा दिन निर्देशन दिने सम्भावना रहेको स्रोतको भनाई छ ।

सरकारको काम अपेक्षित प्रभावकारी नभएकोमा पार्टीका दुवै अध्यक्ष एकमत छन्।  दुई अध्यक्षबीच मन्त्रीका लागि वैकल्पिक नामका विषयमा समेत छलफल भएको थियो। तर कुन कुन मन्त्रीका विषयमा छलफल भएको र नयाँ अनुहारका विषयलाई भने गोप्य राखिएको उच्च स्रोतले जनायो ।  यसअघि प्रधानमन्त्री ओलीले आफ्ना सचिवालयका सदस्य र सल्लाहकार समितिलाई राजीनामा दिन निर्देशन दिएको थिए ।

 

 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं उपत्यकामा ५४ सहित सोमबार थप १८० जनामा कोरोना संक्रमण

  • २२ असार, २०७७

काठमाडौं । सोमबार थप १८० जनामा कोरोना संक्रमण देखिएको छ ।  देशका बिभिन्न प्रयोशालामा गरिएको परिक्षणका क्रममा थप १८० जनामा कोरोना संक्रमण पुष्टि

ओली–प्रचण्ड वार्ता : विषय केन्द्रित छलफल सुरु, भोलि पुनः अध्यक्षद्वय जुट्ने

  • २२ असार, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुइ अध्यक्षबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमाा अध्यक्षद्वय केपी शर्मा

ओलीसंग छलफलका लागि प्रचण्ड बालुवाटारमा, विवाद मिलाउने प्रयास हुँदै

  • २२ असार, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद मिलाउन सोमबार पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा