• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजको पत्रपत्रिका: नेपाल–भारत सीमा विवाद सचिवालयस्तरको बैठकबाट समाधान खोजिने

आजको पत्रपत्रिकामा मन्त्रिपरिषद् पुर्नगठन तयारी,  नेपाल भारत सीमा विवादको विषय प्राथमिकतामा परेका छन् । कान्तिपुर दैनिकमा नेपाल–भारत सीमा विवाद सचिवालयस्तरको बैठकबाट समाधान खोजिने शिर्षकमा प्रमुख समाचार छ । कान्तिपुर लेख्छ– भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण उत्पन्न विवाद समाधान गर्न नेपाल–भारत सचिवस्तरीय बैठक बोलाइने भएको छ । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमणपछि बैठकको मिति तय हु्ने परराष्ट्र मन्त्रालय स्रोतले जनायो ।
त्यस्तै मन्त्रिपरिषद् पुनर्गठन तयारी शिर्षकमा कान्तिपुरमा समाचार छ । कान्तिपुरका अनुसार सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्को अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् ।  यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक बोलाएका छन् ।
अन्नपूर्ण पोस्टमा सीमाबारे सेनाको चासो शिर्षकमा प्रमुख समाचार छ । समाचार अनुसार भारतले नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ । नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयलमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधरणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर