• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

डिबालाको गोलमा युभेन्टसको जित

एजेन्सी । घरेलु मैदान एलिनाज एरिनामा युभेन्टसले एसी मिलानमाथि १–० को जित निकालेकाे छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार पाउलो डिबालाको निर्णायक गोलमा युभेन्टसले इटालिया सिरी ‘ए’ मा अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।

डिबाला ५५औं मिनेटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका थिए ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही सुन्दर मौकाहरु खेर फालेको थियो । दुवै टोलीका गोलरक्षकहरुले केही सुन्दर बचाउ गरेका थिए । ७७औं मिनेटमा डिबालाले अर्का अर्जेन्टिनी स्टार गोन्जलो हिगुआइनको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । सोही गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।

जितसँगै अपराजित रहेको युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा यथावत छ । युभेन्टसलाई इन्टर मिलान (३१) अंकले पछ्याइरहेको छ । पराजित मिलान १३ अंकसहित १४औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर