• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

प्रचण्डले किन भने 'सीमा विवाद तत्काल अन्तर्राष्ट्रियकरण नगराैं ?'

(भिडियाेसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने धारणा अघि सारेका छन् ।

सोमबार सिंहदरवारमा राज्यव्यवस्था समितिको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अहिले यसलाई अन्तर्राष्ट्रियकरण गर्ने नभनौँ, गम्भीर वार्ता गर्दा पनि समाधान नभए पछि हेरौँला ।’

प्रचण्डले महाकाली नदीको मुहान लिम्पियाधुरा रहेको स्पष्ट दस्तावेज रहेकाले लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिम क्षेत्र भारत रहेको विषयमा कुनै अन्योल नरहेको तर्क गरे ।

उनले  अहिले मुलुकमा स्थीर सरकार रहेकाले भारतसँग गम्भीर वार्ता गर्न उपयुक्त समय भएको पनि बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर