गणपति माइक्रोफाइनान्सको लाभांश कति

काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई ७ दशमलव ३६८४ प्रतिशत लाभांश दिने भएको छ । 

कम्पनीको आइतबार बसेको सञ्चालक समितिको ५६ औं बैठकले चुक्तापूँजी १० करोड ३५ लाख रुपैयाँको ७ प्रतिशतले हुन आउने ७२ लाख ४५ हजार रुपैयाँ बराबरको बोनस सेयर तथा शुन्य दशमलव ३६८४ प्रतिशतले हुन आउने ३ लाख ८१ हजार ३१५ रुपैयाँ ७९ पैसा नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

सञ्चालक समिति बैठकले प्रस्ताव गरेको उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर