• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

मन्त्रिमण्डल फेरबदल : सचिवालयमा छलफल भयो, निर्णय भएन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सोमबार बसेको सचिवालय बैठकमा मन्त्रिमण्डल हेरफेरबारे छलफल भएपनि कुनै निर्णय भने भएन । ब्रठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरु फेरबदल गर्ने विषयमा कुनै निर्णय नभएको जानकारी दिए । 

सचिवालय श्रोतका अनुसार बैठकमा यस विषयमा सामान्य छलफल भएको थियो । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समय अघिदेखिनै राम्रो डेलिभरी दिन नसकेका केहीमन्त्रीहरु हटाउने प्रयास गर्दै आएका थिए । तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही मन्त्रीहटाउनु भन्दा पनि सवै मन्त्रीहरुलाई एकैपटक हटाएर आवश्यक पर्नेलाई दोहोर्याउने र केही मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्न सुझाव दिएका थिए । 

प्रचण्डको सोही सुझाव अनुसार प्रधानमन्त्री ओलीले यसपटक सवै मन्त्रीहरुलाई सामुहिक राजीनामा दिन लगाउने र कार्यसम्पादनका आधारमा केही मन्त्रीहरु दोहोर्याएर केही नयाँ अनुहार थप गर्न लागेको श्रोतको दावी छ । 

सचिवालयले यस विषयमा कुनै निर्णय नगरेपनि आवश्यक प्रकृया अघि बढाउन प्रधानमन्त्रीलाई मार्गप्रसस्त गरेको हो । प्रधानमन्त्री ओलीले आगामी उपनिर्वाचन अघिनै मन्त्रिमण्डल पुनरगठन गर्न लागेका छन् ।

सरकारका काममा गति ल्याउन तथा विवाद कम गर्न भन्दै प्रधानमन्त्रीले आफ्नो सचिवालयका सवै सदस्यहरुलाई समेत सामुहिक राजीनामा दिन निर्देशन दिईसकेका छन् । सचिवालयका सदस्यहरुले राजीनामा दिईसकेपछि प्रधानमन्त्रीले केहीलाई दोहोर्याउने र केही नयाँ अनुहारलाई नियुक्त गर्ने तयारी गरेको बालुवाटार श्रोतले बतायो ।

‘दुई तिहाई बहुमतको बलियो सरकार भएरपनि जनतालाई डेलिभरी दिने तथा देशलाई विकासको गतिमा अघि बढाउन सरकारले नसकेको भन्दै लामो समयदेखि आलोचना हुंदै आएको छ । यस्तो आलोचनालाई खण्डन गरेर चुनावअघिनै प्रधानमन्त्री ओली सन्देश दिने मनसायमा हुनुहुन्छ’ श्रोतले भयो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर