• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थान

काठमाडौं । बंगलादेशमा यसै सातादेखि सुरु हुने ‘एसिसी इमर्जिङ टिम्स एसिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ।

कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन नौ खेलाडीसहितको टोली आज बंगलादेश प्रस्थान गरेको नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।  यसअघि हिमालय एयरलाइन्समा सबै सदस्यको मंगलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको  अध्यक्ष चन्दले बताए । ‘अन्य खेलाडी मंगलबार र बुधबार बंगलादेश जानेछन्,’ उनले भने । 

बंगलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, र्इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिस्ट रमन शिवाकोटी छन् । मंगलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह (सहायक प्रशिक्षक) र फिजियो विक्रम न्यौपाने तथा बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जानेछन् ।

सो प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, बंगलादेश, ओमान र हङकङ सहभागी छन् । नेपाल समूह ‘बी’ मा छ । उक्त समूहमा भारत, बंगलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलंका र अफगानिस्तान छन् । नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ । नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बंगलादेशसँग खेल्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर