राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा 

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका गरे ।

देश संघीयता गएसँगै राष्ट्रिय वाणिज्य बैंकले संघीय ढाँचा अनुसार धनगढीस्थित चटकपुरमा प्रोदशिक कार्यालयको सञ्चालनमा ल्याएको हो । यस भन्दाअघि क्षेत्रीय कार्यालय नेपालगञ्जमा रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले सरकारी सेवामा हुने ढिलासुस्ती नै सबैभन्दा ठुलो चुनौतीका रूपमा खडा भएको बताउँदै त्यसका लागि व्यवस्थापन टिमले बलियो भएर लाग्नु पर्ने बताए ।

वाणिज्य बैंकले सबै जिल्लामा आफ्नो सेवा विस्तार गरी सकेको र सङ्घीय ढाँचाअनुसार सुदूरपश्चिम प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । सरकारी स्वामित्वमा भएको राष्ट्रिय वाणिज्य बैंक सेवाको भावले उत्कृष्ट बनाउने प्रयत्नमा बैंक व्यवस्थापन टिम लागिपरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाई छ ।

२०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकका मुलुकभर ७७ जिल्लामा २३८ शाखा रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर