• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । संसदीय समितिले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले  भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न निर्देशन दिएको हो । 

हाल प्रचलनमा रहेको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र पर्ने गरि सुधार गर्दैं पाठ्यक्रम निर्माण गर्न पनि समितिले सरकारलाई निदेशन दिएको छ ।

त्यस्तै बैठकले सीमा विवादका बिषयमा कूटनीतिक पहलबाट समस्याको समाधान निकाल्न र नभए विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सरकारलाई सुझाव दिएको छ। 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर