• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालको दोश्रो जित

ढाका । एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । सोमबार भएको दोस्रो खेलमा किर्गिजस्तानलाई पनि ३–० कै सेटमा पाखा लागायो ।

नेपालले पहिलो सेटमा २५ –१५ , दोस्रो सेटमा २५–१९ र तेस्रो सेटमा २५–२० ले कीर्गिस्तानलाई पराजित गरेको हो । आइतबार नेपालले पहिलो खेलमा अफगानिसस्तानमाथि ३–० को सेटमा सहज जित हात पारेको थियो । प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित किर्गिजस्तान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तान सहभागि छन् ।

राउण्ड रोविन लिगका आधारमा संचालन भइरहेको प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत मंगलबार नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर