• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

हजारौं भारतीय शिख पाकिस्तानको ऐतिहासिक तीर्थयात्रामा

एजेन्सी । शिख समुदायका सयौं भारतीयले शनिबारदेखि पाकिस्तानको ऐतिहासिक तीर्थयात्रा शुरु गरेका छन् । 
 
ती भारतीय शिखहरु सन् १९४७ मा भारत र पाकिस्तानको विभाजनपछि दुई देशबीचको ऐतिहासिक सम्झौताअनुसार आफ्नो धर्मको सबैभन्दा पवित्र स्थलमा पुगेका हुन्  । 

शिख धर्मका संस्थापक गुरु नानकको तीर्थस्थल भारत–पाकिस्तान सीमाबाट चार किलोमिटर भित्र पाकिस्तानमा रहेको एउटा सानो शहर कर्तारपुरमा अवस्थित छ  । यस स्थानमा गुरु नानकको मृत्यु भएको थियो । 

भारतीय प्रधानमन्त्री मनमोहन सिंह भारतको डेरा बाबा नानकको सहरदेखि पाकिस्तानको पञ्जाब पुग्ने पहिलो तीर्थयात्रीहरुमध्ये एक थिए । उनले पाकिस्तानी सञ्चारमाध्यमसँग यस दिनलाई ‘महत्वपूर्ण क्षण’ बताएका छन् ।

भारतीय अभिनेता सनी देओलले पनि तीर्थ यात्रा गरेको बताइएको छ । उनले आफ्नो अनुभव सुनाउँदै ट्विटरमा लेखेका छन्, ‘आज सबैभन्दा महत्वपूर्ण दिन’ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कर्तारपुर भ्रमणका लागि भारतीय शिखलाई पाकिस्तान आउन निःशुल्क प्रवेशाज्ञा दिने घोषणा गरेका थिए ।

यस घोषणापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको संवेदनशीलतालाई बुझी प्रधानमन्त्री खानले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर