मेगा बैंकलाई 'बैंक अफ दि इयर' अवार्ड

काठमाडौं । मेगा बैंकले ‘बैंक अफ दि इयर २०१९’ अवार्ड पाउने निश्चित भएको छ । बेलायतको लन्डनस्थित ‘फाइनान्सियल टाइम्स’ ले प्रदान गर्ने उक्त अवार्ड यसपाली मेगाले पाउने निश्चित भएको सुत्रको भनाई छ । 

‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी रूपमा बैंकिङका लागि तोकिएको मापदण्डअनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो । नोभेम्बर २८ मा लण्डनमा हुने फाइनन्सियल टाइम्सको विशेष कार्यक्रमकाबीच यो अवार्ड प्रदान गरिने बताइएको छ । 

यसअघिका दुई वर्ष सन् २०१८ र सन् २०१७ मा एनएमबि बैंकले लगातार उक्त अवार्ड हात पारेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर