• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विश्वकप छनोटः नेपाल र कुवेतबीचको खेल भुटानमा हुने

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फाले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भुटानको चाङलिमिथाङ रंगशाला हुने तय भएको जनाएको छ । 

विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रूपमा रहेको उक्त खेल यसअघि दशरथ रंगशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो । अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो । 

एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्लीमिथाङ रंगशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ । दशरथ रंगशालामा २०७२ को भूकम्पका कारण पूर्णरूपमा क्षति भएको थियो । 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अस्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर