• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन परराष्ट्रमन्त्रीको आग्रह

फाइल फाेटाे

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन् । परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको सार्वभौमिकताको रक्षा र नागरिकको सुरक्षा गर्ने प्रमुख दायित्व पूरा गर्न सरकार सधैं तत्पर रहेको पनि स्पष्ट पारे ।

सोमबार सिंहदरबारमा बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले नेपाली भूमि कसैलाई पनि मिच्न नदिने गरी समस्या समाधान गर्न  सरकार लागि परेको पनि बताए । मन्त्री ज्ञवालीले भारतले हालै आफ्नो राजनीतिक नक्सामा समावेश गरेको कालापानीलगायतका नेपाली भूमि नेपालको हो भन्ने प्रमाण सरकारसँग रहेकाले सो भूमि गुमाउनु पर्छ कि भनेर चिन्ता लिईरहन नपर्ने पनि पटकपटक दोहो¥याए ।

बैठकमा  नेकपाका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भारतसँगको सीमा समस्या समाधानका लागि तथ्य र प्रमाणसहित प्रस्तुत हुन सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

बैठकमा समितिका सदस्यहरुले नेपाली भूमि भारतबाट फिर्ता गराउन राजनीतिक तहमा संवेदनशील भएर वार्तामा बस्न पनि सरकारलाई सचेत गराएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर