• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बुटवल–दिल्ली चल्ने बसबाट लाखौका भन्सार छलीका सामान बरामद

बुटवल । बुटवल–दिल्ली  चल्ने बसबाट लाखौका भन्सार छलीका सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । सोमवार प्रहरीले मोटरसाइकलको स्पेयर पार्ट्ससहितका सामान बरामद गरेको हो । प्रहरीले सामान, बसका चालक, सहचालक र बस भन्सार पठाएको छ  ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीका अनुसार सिद्धार्थ नगरपालिका वडा नं.१ वेलहिया  वाईपास नजिकै भारतको दिल्ली बुटवल चल्ने लु १ ख ८४७४ नम्बरको वसलाई चेकजाच गर्ने क्रममा भन्सार छलीका सामान भेटिएका हुन ।

इलाका प्रहरी बेलहियाबाट खटिएको प्रहरीद्वारा चेकजांच गर्ने क्रममा गाडीको फल्स बटम बनाई सो भित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा विभिन्न पोकामा मोटरसाईकलका स्पेयर पार्टसहरु फेला परेको थियो ।

सामानसहित बसको अन्दाजी करिब ३४ लाख मुल्या.कन  गरी भन्सार पठाइएको प्रहरीले जनाएको छ । स्थानीय, जनप्रतिनिधिहरु समेतको रोहवरमा उल्लेखित स्पेयर पार्टसहरु वरामद गरी उक्त वसका चालक जिल्ला रुपन्देही वु.उ.म.न.पा. वडा न १३ वस्ने वर्ष ३४ को यमवहादुर परियार र सोही गाडीका सहचालक जिल्ला रुपन्देही वु.उ.म.न.पा.वडा न १५ तामनगर वस्ने वर्ष २६ को कृष्णवहादुर रोकालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर