• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

सत्यनिरुपण र बेपत्ता आयोग सिफारिस समितिको बैठक शुक्रबार बस्ने

काठमाडौँ । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी चयन तथा कानून संशोधनका विषयमा आज बस्ने भनिएको बैठक शुक्रबार बस्ने भएको छ । सिफारिस समितिको आजको बैठक प्राविधिक कारणले बस्न नसकेकाले यही कात्तिक २९ गते शुक्रबार बस्ने तय भएको समितिका सदस्य शर्मिला कार्कीले जानकारी दिइन् ।
    पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गत चैतमा सरकारले दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो । अहिलेसम्म पदाधिकारीका लागि सम्भावित नाममा उजूरी आह्वान गर्ने प्रक्रिया बाहेक अरु काम हुनसकेको छैन् ।

दुई आयोगका पदाधिकारी नियुक्तिका विषयमा दलबीचमा सहमति नजिक पुगेको हुँदै चाँडै पदाधिकारी नियुक्ति गर्ने तयारी भइरहेको छ । दुवै आयोग पदाधिकारीबिहीन हुँदा सङ्क्रमणकालीन न्यायमा ढिलाई भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर