• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

ब्राजिल र फ्रान्स सेमिफाइनलमा प्रवेश

एजेन्सी । घरेलु टोली ब्राजिल र फ्रान्स यु–१७ विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । 

ब्राजिलले इटालीको युथ टोलीलाई तथा फ्रान्सले स्पेनको युथ टोलीलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

मेक्सिको र नेदरल्यान्डले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । मंगलबार बिहान भएको खेलमा ब्राजिलको युथ टोलीले इटालीको युथ टोलीमा २–० को जित निकाल्दै अन्तिम चारमा स्थान बनायो । फ्रान्सले स्पेनको यु–१७ टोलीमाथि ६–१ को फराकिलो जित निकालेको छ । फ्रान्सले एक गोलले पछि परेको स्थितिमा पूनरागमन जित निकालेको हो । 

अब सेमिफाइनलमा ब्राजिल र फ्रान्स तथा मेक्सिको र नेदरल्यान्डबीच खेल हुनेछ । सेमिफाइनल १४ नोभेम्वरमा तथा फाइनल १७ नोभेम्वरमा हुनेछ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर