• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

राजपुर बमकाण्डः ‘अपहरण गरी बयान फेर्ने कागजमा सही गराए’

काठमाडाैं । राजपुर बमकाण्डसम्बन्धी मुद्दाका आरोपित मोहम्मद आफताब आलम पक्षले बम विस्फोटमा घाइते भएका भारत सीतामढीका गौरीशंकर राम चमारलाई अपहरण गरी बयान फेर्न लगाएको खुलासा भएको छ।

मंगलबार बिहान सो बम विस्फोटका घाइते तथा साक्षी चमारले आफूलाई आलम पक्षले अपहरण गरी बयान फेर्न लगाएको बताएका हुन्।

बिहारको सीतामढी जिल्ला बैरगनिया मुसाचोक घर भएका चमारले आफूलाई चार दिनसम्म बन्धक बनाएर बयान फेरेको कागज गराएको स्पष्ट पारे। आलमविरुद्ध जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहेको थियो।

सोही समय अदालत प्रवेश गर्दै सरकारी साक्षीका रूपमा राखिएका चमारले आफूलाई प्रहरीले पक्राउ गरी जबरजस्ती गलत बयान गर्न लगाएको भन्दै निवेदन दिन लगाएका थिए। तर थुनछेक बहस चलिरहेको अवस्थामा साक्षी अदालतभित्र गई कुनै बयान दिन नपाउने भए पनि चमार जबरजस्ती अदालत प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले नियन्त्रणमा लिएलगत्तै प्रहरीसमक्ष आफूलाई अपहरण गरी बयान फेर्न बाध्य बनाएको भन्दै चमार रोएका थिए। साथै, आलम पक्षले आफू र आफ्नो परिवारको ज्यान लिने धम्की दिएको भन्दै सुरक्षाका लागि प्रहरीलाई आग्रह गरेका थिए।

चमारले आफूलाई ४ दिनअगाडि भारत सीतामढीकै मुसाचोकस्थित आफ्नो घरमा बसिरहेको बेला ४र५ जना मानिस जिप लिएर आई केही काम छ भनी अपहरण गरी आलमको शिवहर जिल्लास्थित आफन्तको घरमा बन्धक बनाएर राखेको बताए।

त्यसै समय आलमका मानिसले ‘तिमीलाई जति पैसा चाहिन्छ दिउँला तर अदालत गएर बयान फेर’ भन्दै आधार कार्ड लिई एउटा लिखित कागजमा बलपूर्वक हस्ताक्षर गर्न लगाएको चमारले खुलासा गरे। याे समाचार नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर