• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

हेटौँडा । चौधवर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाश गाउँपालिकाका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पीडित किशोरीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले कैलाश गाउँपालिका–२ बस्ने २० वर्षीय दिपेश भन्ने अनिश प्रजालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी निरीक्षक ललन कुर्मीले बताए । पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

यसअघि आठवर्षीया बालिका बलात्कृत गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको थियो । हेटौँडाकी ती बालिका साथीको बाबुबाट बलात्कृत भएकी हुन् । साथीको घरमा भोगटे खान गएकी हेटौंँडा उपमहानरपालिका–१५ की बालिका साथीकै बुबाबाट बलात्कृत भएकी हुन् । स्कुलमा सँगै पढ्ने साथीको घरमा गएका बेला गत कात्तिक १७ गते दिउँसो उनी बलात्कृत भएको बताइएको छ ।

बलात्कारको आरोपमा हेटौँंडा उपमहानरपालिका–१५ रातोमाटेका २८ वर्षीय जयराम रुम्बा पक्राउ परेका छन् । बलात्कारपछि बेहोस अवस्थामा रहेकी बालिकालाई स्थानीयवसीले हेटौँंडा अस्पताल पु¥याएका थिए । सुरुमा धामीकहाँ लगिएको र पछि स्थानीयवासीको सहयोगमा अस्पताल पठाइएको थियो । बालिकाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर