फिल्म ‘हिजो आजका कुरा’ को शुभ मुर्हुत

काठमाडौं । फिल्म ‘हिजो आजका कुरा’ को शुभ मुर्हुत गरिएको छ । बुधबार पशुपतिस्थित भुवनेश्वरी मन्दिरमा फिल्मको शुभ मुर्हुत गरिएको हो । फिल्मको मुर्हुतमा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा उपस्थित थिए ।

यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्कीको मुख्य भूमिका रहनेछ ।

यी सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारीको पनि फिल्ममा रहनेछन् । फिल्मको कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप कृष्णले गरेका छन् ।


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर