• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नेपालको बिजुली बंगलादेश निर्यात हुँदै, तयारीका लागि त्रि-देशीय बैठक बस्दै

फाइल फोटो

काठमाडौं । नेपालमा उत्पादन गरिने बिजुली बंगलादेशसम्म पुर्याउनका लागि नेपाल भारत र बंगलादेशबीच छलफल हुने भएको छ । भारतीय ग्रिड प्रयोग गरी नेपाल र बंगालादेशबीच विद्युत आदान प्रदान गर्ने सम्बन्धमा सहकार्यका लागी त्रिदेशीय बैठक बस्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोजमा नेपाल र भारतबीचको ऊर्जा सहसचिव र सचिवस्तरीय समितिको बैठकले बंगालादेशसँग बिजुली आदान प्रदान गर्नका लागि सहमति जुटाउने निर्णय गरेको थियो। उक्त निर्णय कार्यान्वयन गर्न लागि नै त्रिदेशीय बैठक बस्न लागेको हो । नेपालले छिटै त्रिदेशीय बैठक आह्वान गर्ने मन्त्रालयले जनाएको छ ।

बैठकमा नेपालको बिद्युत बंगलादेशसम्म लैजानका लागि आवश्यक पूर्वाधारका बारेमा छलफल केन्द्रित हुने बताइएको छ । बंगलादेशले सन् २०४० सम्ममा नेपालबाट ९ हजार मेगावाट विद्युत् खरिद गर्ने घोषणा गरेको छ भने ऊर्जा मन्त्री बर्षमान पुनको बंगलादेश भ्रमणका क्रममा नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने बिषयमा छलफल भएको थियो भने बंगलादेशका प्रतिनिधि नेपाल आएका बेला बिद्युत खरिद गर्ने समझदारी भएको थियो । 

सोही समझदारीअनुसार दुवै देशबीच ऊर्जा सहसचिव र सचिवस्तरीय संयुक्त निर्देशक समिति पनि गठन भएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर