• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फ्रान्सको समुन्द्रमा बग्यो एक हजार किलो कोकिन, तट प्रवेशमा लगाइयो प्रतिबन्ध

फाइल तस्बिर

एजेन्सी । दक्षिणी–पश्चिमी फ्रान्सको एटलान्टिक तटमा रहस्यमयी तरिकाले एक हजार किलो कोकिन बगेपछि प्रहरीले उक्त तटमा जान प्रतिबन्ध लगाएको छ । पब्लिक प्रोसिक्युटरले मंगलबार जानकारी दिएका थिए । 

प्रहरीले गत अक्टोबरमा पनि छापा मार्ने क्रममा एक सय किलो कोकिन बरामद गरेको थियो । 

एएफपीको खबर अनुसार, कोकिनको केही पार्सल उत्तरी क्षेत्रबाट बरामद भएको रेन्सका पब्लिक प्रोसिक्युटर फिल्लिप ओस्टूजले बताए । कस्टम अफिसर्सले पनि केही कोकिनको प्याकेट समुन्द्री तटबाट भेटिएको बताएका छन् । हाल घटनाबारे जाँच जारी रहेको बताइएको छ । 

करिब एक सय प्रहरी अधिकारी र अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सी यस मामिलाको जाँच गरिरहेको छ । प्रहरी डिपार्टमेन्टले तटमा मानिसहरुलाई नजान सुझाइएको छ । तटमा अस्थायी रुपले प्रतिबन्ध गरेको छ । 

कोकिनको बाँकी प्याकेटलाई खोज्नका लागि प्रहरी हेलिकप्टरको पनि प्रयोग गरिरहेको छ । कोकिन एक शक्तिशाली नसालु पदार्थ हो, जसको सिधा असर मस्तिष्कमा पर्छ । यसको सेवनले मस्तिष्क अत्याधिक सक्रिय बन्छ । कहिलेकाही यसले दुखाईबाट पनि राहत दिने पनि काम गर्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर