• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मोरङमा सिके राउतको पार्टीबाट उम्मेदवारी दर्ता

काठमाडौं । सिके राउतको नेतृत्वमारहेको जनमत पार्टीबाट उपनिर्वाचनका लागि उम्मेदवारी परेको छ । मोरङको धनपालथान गाउँपालिका २ काृ अध्यक्षमा उम्मेदवारी परेको हो । 

आगामी मंसिर १४ गते हुने ििनर्वाचनका लागि पार्टीबाट चनरादेवी मण्डलले उम्मेद्वारी दर्ता गराएकी छन् ।

मोरङका मुख्य निर्वाचन अधिकृत राजेन्द्र अधिकारीका अनुसार धनपालथान २ मा नेकपाबाट पंकजकुमार मण्डल, नेपाली कांग्रेसबाट नारायणप्रसाद साह, मंगोल नेशनल अर्गनाइजेसनबाट मेघनाथ पाश्वान, नेपाल लोकतान्त्रिक पार्टीबाट देवनारायण मण्डल, राप्रपा संयुक्तबाट ज्योति पाशवान र राजपाबाट चन्दानन्द मण्डलले मनोनयन दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर