• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

​​राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र

क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको प्रमाणपत्र बुझाएका छन् । 

क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित विशेष कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीसमक्ष दाहालले प्रमाणपत्र बुझाएका हुन्। ओहोदाको प्रमाणपत्र बुझाएपछि आधिकारिक रूपमा दाहालले अस्ट्रेलियाको राजदूतको पद सम्हालेका छन्।

औपचारिक रूपमा कार्यभार सम्हाल्नुअघि स्थानीय सरकारका प्रमुखसँंग ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने अन्तर्राष्ट्रिय चलन छ।

राजदूत दाहालले ओहोदाको प्रमाणपत्र बुझाएपछि सन् १९६० देखि नेपाल र अस्ट्रेलियाबीच सुमधुर कूटनीतिक सम्बन्धलाई बढावा दिने प्रयास गर्ने बताएको नेपाली दूताबासले जानकारी दिएको छ । 

गभर्नर जनरल डेबिड हर्लीले राजदूत दाहाललाई सफल कार्यकालको शुभकामना दिएका थिए।

राजदूत दाहालले ओहोदाका प्रमाणपत्र बुझाएपछि करिब बीस मिनेट आफूले गर्भनर डेबिडसँंग दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर