भौतिक पूर्वाधार समिति अनुगमनमा जाने

बुटवल । प्रदेश पाँच संसदको  भौतिक पूर्वाधार तथा विकास समितिले प्रदेशमा सञ्चालनमा रहेका विभिन्न आयोजनाहरुको अनुगमन गर्ने भएको छ । समितिले कामको गुणस्तर देखि कामको प्रगतिका बारेमा जानाकारी लिन स्थलगत अनुगमनको तयारी थालेको समितिका सचिव मनोजकुमार पाण्डेले बताए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सञ्चालित आयोजनाका बारेमा अनुगमन गर्न सांसदहरु यही मंसिर १९ गतेदेखि जिल्ला जिल्लामा जान लागेका हुन् । 

समिति सभापति आशा स्वणकारका अनुसार प्रदेशका १२ वटै जिल्लामा पुग्ने गरी चार वटा टोलि बनायएको छ । 

रुकुम, रोल्पा र प्यूठानमा आशा स्वणकार, फखरुद्दिन खान र नारायण आचार्य, पाल्पा, गुल्मी र अर्घाखाचीमा भुमिश्वर ढकाल, लौटी थारु, पुष्पा थरुनी र तारा जिसिको टोलि जाने भएको छ । त्यस्तै नवलपरासी, रुपन्देही र कपिलवस्तुमा इन्द्रप्रसाद खरेल, सहसराम यादव र धर्मबहादुर लाल श्रीवास्तव, दाङ, बाके र वर्दियामा वीरबहादुर राना, दिनेश पन्थी र जाल्पा भुसाल जाने तय भएको छ । 

बुधवार समितिको बैठकमा उपस्थीत भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कामको गुणस्तरदेखि योजना छनौटका प्रक्रिया कामको प्रगति समग्र पक्षको अध्यान गर्न सुझाव दिए । उनले प्रदेशले अगाडी बढाएका विभिन्न महत्वपूर्ण आयोजनाहरुका बारेमा समेत जानाकारी गराएका थिए । 

समितिको बैठकमा सांसद तारा जिसि, फखरुद्दिन खान, वीरवहादुर राना, धर्मबहादुर लाल श्रीवास्तव, नारायण आचार्य, लौटी थारुले पनि विकास आयोजनाहरुका बारेमा धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर