• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

आजका समाचार हाइलाइट्स २७ कार्तिक, २०७६

संसद्को सभामुखमा ओनसरीको आगमन खोजी 
 काठमाडौं । संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् । त्यसपछि सभामुखको पद खाली छ भने आइपरेका कामहरू उपसभामुख शिवमाया तुम्बाहाम्फेले चलाईरहेकी छन् । 


क माओवादी पूर्व लडाकु स् जो सफल व्यवसायी बन्दै 
टौंडा । दश वर्षे जनयुद्धको अन्त्यपछि जनयुद्धमा होमिएका केही लडाकुहरु अझै बेपत्ता छन भने केही लडाकुहरु बिर्सन नसक्ने कथा बोकेर अहिले पनि देश तथा विदेशका विभिन्न कुनाहरुमा भौंतारिरहेका छन्  ।


राजदूत दाहालले बुझाए ओहोदाको प्रमाणपत्र 
क्यानबेरा । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।  क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित विशेष कार्यक्रममा गभर्नर जनरल डेबिड हर्लीसमक्ष दाहालले प्रमाणपत्र बुझाएका हुन्। ओहोदाको प्रमाणपत्र बुझाएपछि आधिकारिक रूपमा दाहालले अस्ट्रेलियाको राजदूतको पद सम्हालेका छन्।


बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद राजनीतिक भेटवार्तामा व्यस्त 
काठमाडौं ।  नेकपा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले बंगलादेश र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । बुधबार नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदसंगको भेटावार्ता उनले अन्तरदेशीय व्यापारका क्षेत्रमा बंगालदेश निकै अघि रहेको भन्दै दुईदेशीय सम्बन्धलाइ व्यापारिक हिसावले पनि प्रगाढ बन्दै जाने बताएका हुन् ।


नेपालको बिजुली बंगलादेश निर्यात हुँदै, तयारीका लागि त्रि(देशीय बैठक बस्दै 
काठमाडौं । नेपालमा उत्पादन गरिने बिजुली बंगलादेशसम्म पुर्याउनका लागि नेपाल भारत र बंगलादेशबीच छलफल हुने भएको छ । भारतीय ग्रिड प्रयोग गरी नेपाल र बंगालादेशबीच विद्युत आदान प्रदान गर्ने सम्बन्धमा सहकार्यका लागी त्रिदेशीय बैठक बस्न लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।


संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं । आज बस्ने भनिएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । परिषद्का सदस्यहरुको व्यस्तताका कारण बैठक स्थगित गरिएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर