• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच आज दिउँसो पुनः छलफल

काठमाडौं । सरकार र पार्टीको आन्तरिक बिषयमा  नेकपा अध्यक्षद्वय केपी ओली र पुष्प कमल दाहाल प्रचण्डबीच छलफल हुने भएको छ । छलफल आज दिउँसो प्रधानमन्त्री निबास बालुवाटारमा हुने बताइएको छ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष बीच पार्टी र सरकार दुई अध्यक्षले स्वतन्त्रपुर्वक चलाउने समझदारी बनेपछि यस बिषयमा थप छलफल हुने बालुवाटार स्रोतले जानकारी दियो ।

यसअघि मन्त्रीपरिषद् हेरफेरका बिषयमा नेकपाका अन्य शिर्ष नेताहरुसंग पनि छलफल गरेका थिए भने प्रचण्डसंग पनि दिनहुँ छलफल गरिरहेका छन । 

शुक्रबार बिहान बोलाइएको सचिवालय बैठक पनि अनिश्चीत भएको छ ।  पछिल्लो समय प्रधानमन्त्री ओलीले जिम्मेवारी नपाएका नेताहरूको व्यवस्थापन गर्न चाहेको बताइएको छ । 

यो पनि पढ्नुहोस 
प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने लिखित निर्णय भए सोमबारसम्म मन्त्रिपरिषद् हेरफेर

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर