• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

प्रधानमन्त्रीको नीजि सचिवालयका ६ जनाको राजीनामा स्वीकृत, ५ जनाको अस्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पनि राजीनामा दिएका सचिवालयका केहि सदस्यको राजीनामा स्वीकृत भएको छ । मंसिर १ गतेदेखि लागू हुने गरि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल र प्रेस संयोजक चेतन अधिकारीको राजीनामा स्वीकृत भएको हो ।

त्यस्तै प्रधानमन्त्रीको सचिवालयबाट जागिर जानेमा जनसम्पर्क सल्लाहकार अचुत मैनाली पनि रहेका छन् । त्यस्तै सचिवालयमा कार्यरत कृष्ण पौडेल, घनश्याम भट्टराई र उदय पोखरेलको पनि राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीको नीजि सचिावालयले जनाएको छ । 

प्रधानमन्त्री ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको भने राजीनामा अस्वीकृत गरेका छन् । त्यस्तै उनले परराष्ट्र सल्लाहकार राजन भट्टराईको राजीनामा पनि अस्वीकृत गरेको बताइएको छ । 'प्रधानमन्त्रीको निर्देशनपछि हामिले छुट्टाछुट्टै राजीनामा बिष्णु रिमाल मार्फत बुझाएका हौ', राजीनामा स्वीकृत भएका एक कर्मचारीले समाचारदैनिकसंग भने, 'बिष्णु रिमाल, रामशरण बजगाई लगाएतले हामीलाई राजीनामा बुझाऔं भनेर भने, हामीले निर्देशन आएकै दिन बुझायौं।'
उनले अरु सदस्यले पछि राजीनामा बुझाउने बताएको जनाए । 

यसअघि प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयमा कार्यरत कर्मचारीसंग सम्बन्धीत गुनासो आइपछि उनले सचिवालयका कर्मचारीसंग छलफल समेत गरेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले विषयगत क्षमताको अभाव, पार्टीभित्रै सल्लाहकारको भूमिकालाई लिएर आलोचना बढ्दै गएको प्रोटोकल र अथुरिटी ब्रिफिङ नगरेको भन्दै बिकल्प खोज्ने बताएका थिए । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर