• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

किन लाग्यो प्रचण्ड निवासमा बिहानै नेताहरूको घुइँचो ?

फाइल तस्वीर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा सोमबार बिहान केही नेताहरूको उपस्थिति भयो । नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उर्जामन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ लगायतका नेताहरूको भेटघाटलाई अर्थपूर्ण रूपमा लिइएको छ । 

प्रचण्ड सचिवालयका अनुसार सुरुङमार्ग, हाइड्रो पावरलगायतका विषयमा छलफल गर्नका लागि प्रचण्डनिवासमा उक्त भेटघाट भएको थियो । तर, मन्त्रिपरिषद् हेरफेर र समसामयिक विषयबारे भेटघाटमा कुनै छलफल नभएको प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए ।

प्रधानमन्त्री ओलीले ६० मेगावाटको त्रिशूली थ्री ‘ए’ जलविद्युत परियोजनाको आज सिंहदबारबाटै उदघाटन कार्यक्रम सकिएपछि प्रचण्डसँग उनले भेट्ने कार्यसूची बनाएका छन् । उर्जामन्त्री वर्षमान पुन पनि दाहाल निवासको छलफलपछि परियोजना उद्घाटन समारोहमा भाग लिन हेलिकप्टरमा नुवाकोटको किसपाङ गाउँपालिका पुग्नेछन् ।

स्रोतका अनुसार खुमलटारको भेटघाटका क्रममा केही राजनीतिक विषयमा भने केहीबेर छलफल भएको थियो । प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटिरहँदा प्रचण्ड र नेपालबीचको भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर