• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नयाँ मन्त्रीको शपथग्रहण ४ बजे, यी हुन् भित्रिने र बाहिरिने अनुहारहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ मन्त्री नियुक्त गर्ने र बुधबार नै उनीहरूको शपथ गराउने तयारी गरेका छन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार अपराह्न ४ बजे शीतलनिवासमा सपथ खुवाउने तयारी गरिएको छ । मन्त्रीमण्डल पुनर्गठनका लागि प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डले बुधबार बिहान आपसी छलफल गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेका थिए । बुधबार मध्याह्न सचिवालय बैठक बसेर नयाँ मन्त्रीहरूको टुङ्गो लगाउने नेकपाको तयारी छ ।

प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई यसबारे जानकारी गराउँदै बुधबार कुनै पनि सार्वजनिक कार्यक्रममा ननिस्केर बिदा बस्न निर्देशन दिएका थिए ।

यी हुन् भित्रिने र बाहिरिने अनुहारहरू

मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेसँगै सम्भावित मन्त्रीहरूको नाममाथि टुङ्गो लगाउन अन्तिम छलफल भइरहेको छ । स्रोतका अनुसार पुराना मन्त्रीहरूबाट हट्ने पाँच मन्त्रीको टुंगो लागिसकेको छ । नयाँ अनुहारहरू राष्ट्रपतिसँग समेत समन्वय गरेर टुंगो लगाउन अध्यक्षद्वय शीतलनिवास पुगेका हुन् ।

नयाँ मन्त्री हुनेहरूको सूचीमा तत्कालीन माओवादी खेमाबाट प्रभु शाह, रामेश्वर राय यादव, लेखराज भट्ट, देवेन्द्र पाैडेलकाे नाम चर्चामा छ । त्यस्तै, जनर्दन शर्मा, पम्फा भुसाल र अग्नि सापकोटाको नाम मध्यबाट दुईजना मन्त्री हुने खुमल्टार स्राेतले बतायो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युवा अनुहार पनि मन्त्री बनाउन चाहेकाले युवानेताका तर्फबाट मोरङबाट निर्वाचित अमनलाल मोदीको नाम पनि चर्चामा आएको छ । उनी निकटस्थहरूले मोदी ७० साल पछि लगातार सांसद भएको र थारू समुदायबाट अहिलेसम्म मन्त्री नभएकाले पाउनुपर्ने दाबी प्रस्तुत गर्दै आएका छन् । 
 
त्यस्तै, तत्कालीन एमाले खेमाबाट घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, प्रेम आले, महेश बस्नेत, पार्वत गुरुङ, यज्ञराज सुनुवारका विषयमा पनि छलफल चलेको बताइएको छ । वसन्त नेम्वाङ तथा उपसभामुखबाट हटाउँदा शिवमाया तुम्बाहाम्फेलाई समेत मन्त्री दिने चर्चा पूर्व एमालेभित्र छ ।

नयाँ मन्त्री बनाउँदै गर्दा पूर्वएमालेबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, श्रममन्त्री गोकर्ण विष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित हट्ने लगभग टुंगो भइसकेको छ । त्यस्तै पूर्वमाओवादीबाट उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणि खनाल हट्ने लगभग पक्काजस्तै छ । पर्यटनराज्यमन्त्री धनबहादुर बुढालाई पनि हटाउने तयारी प्रधानमन्त्री ओलीको छ ।

याे पनि पढ्नुस् ः मन्त्रिपरिषद् पुनर्गठन : ‘जो होचो, उसकै मुखमा घोचो !’

सरकार पाँचै वर्ष प्रम ओलीले चलाउने,पार्टी प्रचण्डले चलाउने (भिडियाेसहित)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर