• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं । बुधबार बेलुका नियुक्त भएका मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ जना मन्त्री र तीनजना राज्यमन्त्रीलाई शपथ गराएकी हुन् ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उपस्थित थिए । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

नवनियुक्त मन्त्रीहरूमा नेकपा सांसदहरू  घनश्याम भुसाल, वसन्त नेम्वाङ, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, लेखराज भट्ट र रामेश्वर राय यादव छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर