• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बिदा हुँदै निवर्तमान मन्त्री विष्टले भने–‘साथ दिनुभएकाेमा सबैलाई धन्यवाद’

काठमाडौं । निवर्तमान श्रम, राेजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्ती पदमा हुँदा वा बाहीर हुद्या सदैव साथ दिने बताएका छन् । मन्त्रालयको जिम्मेवारीबाट हटेका विष्टले सिंहदरबारमा एक पत्रकार सम्मेलन आयोजना गर्दै अहिलेसम्म आफूलाई साथ दिने कर्मचारी तथा पत्रकार सबैमा धन्वाद व्यक्त गरेका छन् । 

‘अहिले मन्त्रीबाट बाहिरिएको छु । थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद !’ उनले भने ।

बिहीबार नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई बधाई दिन मन्त्रालय पुगेका उनले पसिनाको मूल्य नपाएका  श्रमिक र बेरोजगार यषुवाको पक्षमा इमान्दारीपूर्वक काम गरेको पनि बताए ।

त्यस्तै, उनले पार्टी र पार्टीका नेताहरुप्रति धन्यवाद वयक्त गरेका छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को धारणा पूरा गर्न आफू सधैं लागिपर्ने बताए । सदैव न्यायको पक्षमा आफू लागिरहने उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर