• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पदभार ग्रहणपछि मन्त्री त्रिपाठीले भने–‘समस्या अन्त्यका लागि सहमतिका साथ अघि बढ्छु’

काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले सहमतिका साथ अघि बढ्ने बताएका छन् । बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री त्रिपाठीले मन्त्रालयको पदभार ग्रहण गर्दै सो कुरा बताएका हुन् । 

राष्ट्रपतिसमक्ष सपथ लिए लगत्तै उनले पदभार ग्रहण गरेका थिए । उनले व्यक्तिगत र संरचनागत समस्याका कारण काम प्रभावित हुने गरेको भन्दै आफूले त्यस्ता समस्या अन्त्यका लागि प्राथमिकता दिने बताए ।

काम गर्दा राजनीतिक सहमतिका आधारमा गर्ने बताउँदै उनले भने, ‘व्यक्तिपिच्छे कार्यशैली फरक हुन्छ, मेरो कार्यशैली फरक छ । कार्यशैलीअनुसार साथीहरुले मलाई सघाउनुहुन्छ भन्ने विश्वास छ ।’ मन्त्री त्रिपाठीले भने, ‘म राजनीतिक सहमतिमा विश्वास गर्ने भएकाले सहमतिका साथ अघि बढ्छु ।’


अहिलेको निजामती प्रशासनमा नीतिगत र संरचनागत दुवै समस्या रहेकोमन्त्री त्रिपाठीले भने, ‘हामीले व्यक्तिलाई दोषि देखिराछौं, संरचना नै कमजोर छ । ड्राइभर बलियो राखिदिएर १० हर्सपावरको गाडी चलाउन दियो भने त उही हो नि समस्या त ।’

स्थानीय तह, प्रदेश र संघ बीचको अन्तरसम्बन्धलाई तारतम्य मिलाएर अघि बढ्नुपर्ने बताउँदै उनले त्यसका लागि केही कानुनी संशोधनको आवश्यकता औंल्याए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर