• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कुनै लोभ र डरबाट प्रभावित हुन्न : नवनियुक्त कृषिमन्त्री भुसाल

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले आफू पदमा रहञ्जेल कुनै लोभ र डरबाट प्रभावित नहुने बताएका छन् । बिहीबार मन्त्रालयको पदभार ग्रहण गर्दै सिंहदरबारमा मन्त्री भुसालले सो कुरा बताएका हुन् । 

बिहीबार दिउँसो सिंहदरबारमा मन्त्री भुसाल पदभार ग्रहणमा पुग्दा निवर्तमान मन्त्री चक्रपाणि खनाल पनि उपस्थित थिए सिंहदरबारमा मन्त्री भुसाललाई बधाई दिनका लागि निवर्तमान मन्त्री खनाल पुगिसकेका थिए ।

‘तपाईहरु तपाईको जिम्मेवारी पूरा गर्नुस्, म मेरो जिम्मेवारी पूरा गर्छु,’ उनले भने ‘सरुवा, बढुवामा राजनीतिक हस्तक्षेप गर्दिन, मलाई त्यो काम घृणा लाग्छ ।’

भुसाल मन्त्रालयमा पुगेको केहीबेरपछि पुगेका खनालले हात मिलाएर र अंकमाल गरेर बधाई दिएका थिए ।

उनीहरुबीच केहीबेर हाँसिमजाकका साथ गफ भएको थियो । ‘के होला भन्ने  थियो, तपाईं आउनुभयो अलिकति खुसी भएँ, ’ खनालले भुसाललाई भने । जवाफमा घनश्यामले भने–‘म तपाईंका सफलताबाट सिक्छु। तपाईंका असफलताबाट पनि सिक्छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर