बुटवल पावरको लाभांश घोषणा

काठमाडौं । बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको मंसिर २२ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको २८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बुटवल पावरले १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरी कुल २८ प्रतिशत लाभांश दिने भएको हो । 

लाभांश पारित गर्ने प्रस्तावसहित कम्पनीले पुस २४ गतेका लागि २७ औं साधारणसभा आव्हान गरेको छ । 

लाभांश तथा साधारणसभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस २४ गतेसम्म सेयरधनी पुस्तिका बन्द हुने कम्पनीले जनाएको छ । यसर्थ कम्पनीको लाभांश सुरक्षित गर्न साथै साधारणसभामा सहभागि हुनका लागि पुस ८ गतेसम्म कम्पनीको सेयर खरिद गर्नुपर्ने हुन्छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर