सेयर बजारमा उमंग, सूचक र कारोबार दुवै बढ्यो

'१५६ कम्पनीले कमाउँदा १७ ले गुमाए'

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसुचक नेप्से दोहोरो अंकले बढेको छ । आइतबार ३ अंकले बढेको नेप्से सूचक सोमबार १३ दशमलव ५१ अंकले बढेर १ हजार १ सय ४८ दशमलव ८९ को बिन्दुमा बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १७३ कम्पनीको ४६ करोड ४२ लाख २० हजार ३९२ रुपैयाँको १४ लाख ५९ हजार ७ सय कित्ता सेयर किनबेच भएको छ । 

कुल १७३ कम्पनीमध्ये आज नेपाल बैंकको सबैभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । बैंकको २ करोड २८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको हो । त्यस्तै, एनएमबि बैंक, डिप्रोक्स लघुवित्त, स्वालम्बन लघुवित्त, हिमालयन डिस्टीलरी, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स र बुटवल पावरको एक करोडभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको हो । 

यसदिन सर्वाधिक कमाउनेमा नाडेप लघुवित्तका सेयरधनी रहेका छन् । कम्पनीको सेयर भाउ १० प्रतिशतले बढ्को छ । त्यसैगरी, नेपाल सेवा लघुवित्त, समिट माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, अरुण काबेली पावर र मिथिला लघुवित्तको सेयर भाउ ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

यता, सर्वाधिक गुमाउनेमा भने नबिल इक्विटी फण्डका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयर भाउ ५ दशमलव ७४ प्रतिशतले घटेको छ । आज १५६ कम्पनीका सेयरधनीले कमाएका छन् भने १७ कम्पनीको सेयर भाउ घटेको छ । 

सोमबार म्युचुअल फण्ड र अन्य बाहेकका सबै सुचकमा हरियाली छाएको छ । जसमध्ये नीर्जिवन बीमा समूहको सुचक सर्वाधिक १५६ दशमलव ३४ अंकले बढेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर