गैंडा पार्कको शिलान्यास

चितवन । विश्वमा नै दुर्लभ मानिने एक सिगे गैडा संरक्षण गर्नका लागि चितवनको मेघौलीमा मेघौली गैंडा उद्यान (राइनो पार्क) को आज शिलान्यास गरिएको छ । 

प्रदेश नं–३ का मुख्यमन्त्री डोरमणि पौडेलले पार्कको शिलन्यास गर्दैआर्थिक समृद्धिको आधार पर्यटन भएको बताएका छन् । पर्यटन क्षेत्रलाई थप विकास र विस्तार गर्नुपर्ने भन्दै उनले मेघौलीलाई रोमञ्चकारी जङ्गल यात्राका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा थप पहिचान एवं प्रवद्र्धन गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताए । 

३ नम्बर प्रदेशको दश पर्यटकीय गन्तव्य मध्ये मेघौलीलाई पहिलो स्थानमा राख्दै यहाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित गराउन प्रदेश सरकारको ३ करोड रुपैयामा राईनो पार्क बनाउन लागिएको चितवनका पर्यटन विज्ञ विश्व सुवेदीले जानकारी दिए ।  

करिब ५ सय ५० बिघाहा क्षेत्रफलमा निर्माण हुन सो उद्यानको प्रवेशद्वारमा ३३ फिट उचाई र ४० फिट लम्बाइको दुई तले गैंंडाको मूर्ति निर्माण हुनेछ । मूर्तिकोभित्र पहिलो तल्लामा पर्यटक सूचना केन्द्र, दोस्रो तल्लामा अखेटो पाहार सङ्ग्रहालय र बहुजातीय सङ्ग्रहालय तयार हुनेछन् । २३ करोड रुपैयामा सो उद्यान निर्माण गर्ने लक्ष्य लिईएको छ । उद्यानभित्र भ्यूटावर, २५ बिघाहामा ताल, ५० बिघाहामा घाँसे मैदान, टाईगर टावर, जङ्गल सफारी, असाहाय वन्यजन्तु उद्धार केन्द्र लगायतका संरचना निर्माण हुने पर्यटन विज्ञ सुवेदीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर