• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

विदेशबाट सामान आएको भन्दै अनलाइनबाट ठगी गर्ने गिरोह पक्राउ, आजै सार्वजनिक गर्ने प्रहरीको तयारी

काठमाडौ । विदेशवाट सामान आएको भन्दै अनलाइनबाट ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेका गिरोहका साथबाट प्रहरीले करिव १७ लाख रुपैया समेत बरामद गरेको छ । 
सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो ।

महानगरीय अपराध महाशाखाका अनुसार विभिन्न दर्जन बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको हो। केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको छ। पक्राउ गरेकाहरुलाई बुधबार नै सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर